आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका अण्डर-२० वर्षमुनिका च्याम्पियनसिप २०२४ भदौ २ गते देखि काठमाडौंको दशरथ रङ्गशलामा शुरु हुँदैछ ।
नेपाली टोलीको कप्तानी कुशल देउवाले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कुशललाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।
च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रङ्गशाला बिग्रिएका कारण एन्फा मैदान सातदोवाटोमा सञ्चालन गरिने तयारी गरिएको छ । एन्फाले सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा खेलाउने तयारी गरेको छ । एन्फाका अनुसार दशरथ रङ्गशालामा खेल हुन सक्ने या नसक्ने विषयमा साफका म्याच कमिसनारले निरिक्षण गरेपछि तय गरिनेछ ।
पाँच संस्करण खेल्दा नेपाल दुई पटक विजेता दुई पटक सेमिफाइनल पुगेको छ भने एक पटक समूह चरणबाटै बाहिरिएको छ ।
नेपाली टोली :
जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।