अकस्मात् धादिङबेसी बजार अनुगमन

अकस्मात् धादिङबेसी बजार अनुगमनअकस्मात् धादिङबेसी बजार अनुगमन

जिल्ला अनुगमन समितिले धादिङबेशीमा बजारमा अकस्मात् अनुगमन शुरु गरेको छ ।

अकस्मात् बजार अनुगमनमा पुगेको बजारमा भइरहेका गतिविधिहरूलाई निरीक्षण, विश्लेषण, र मूल्याङ्कन गर्ने उद्देश्यले बजार अनुगमन शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो।

बजार अनुगमनका क्रममा बुधबार नीलकण्ठ८ धादिङबेशीस्थित साँघुटार र वडा नं. ३ को पुछारबजारमा रहेका  एग्रोभेटहरुको दर्ता नविकरण, विक्रिका लागि राखिएका विषादीहरुको व्यवस्थापन, मूल्यसुचि, म्याद गुज्रिएका सामाग्री र खरीद तथा विक्रि,बिलको अवस्थाका बारेमा अनुगमन गरिएको उद्योग तथा बाणिज्य कार्यालय धादिङका उद्योग अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

अनुगमनमा जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको सहभागी थिए ।