नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई रहेका अति विपन्न ३५ जना बालबालिकालाई एक–एक झोला, एक–एक सेट स्कुल ड्रेस कपी, डटपेन वितरण गरिएको छ ।
नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय पाेशाक वितरण गरिएकाे वडा अध्यक्ष अक्षयकोषका अध्यक्ष वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयाे ।
कापी, कलम, लुगा, झाेला अभावले पढ्नका लागि कठिनाइ भाेग्दै अाएकाहरुलाई बालबालिकालाई एक समाराेहका बिच सामाग्री वितरण गरिएपछि बालबालिका खुसी भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरेको अन्नपूर्ण आधारभुत विद्यालयमा अति कठिनसंग अध्यायन गरिरहेका ७ जनालाई साे अबसरमा विद्यालय पाेशाक, कापी, कलम, जुत्ता समेतकाे सामाग्री उपलब्ध गराईएकाे छ ।
विद्यालयले खाने खाजाकाे लागि विद्यालय अाउने कक्षा १ का ६ वर्षीय रामशरण मिजार, उनका दाई ७ वर्षीय राजेन्द्र मिजार र ९ वर्षीया पार्वती मिजार च्याचिएकाे लुगामा विल्यालय अाउन बाध्य थिए । उनिहरु जस्तै ७ वर्षीय रबिन सुनार, ११ वर्षीया इन्दिरा मिजार, ९ वर्षीया संजिता मिजार र ५ वर्षीया अनुस्का सुनारलाई वडा अध्यक्ष अक्षयकाेषले अत्यावस्यक सामाग्री उपलब्ध गराएकाे थियाे ।
वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा रहेकाे काेषले हरेक वर्ष यस किसिमका समस्यामा रहेकाहरुलाई सहयाेग गर्दै अाएकाे काेषका सचिव विष्णुलाल श्रेष्ठले बताउनुभयाे ।